शितलेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को ८ औँ बार्षिक साधारणसभा सम्पन्न

281
SwadeshPost

दुई पटकसम्म स्थगन भएको शितलेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ औँ बार्षिक साधारणसभा आज शनिवार सम्पन्न भएको छ ।

साधारणसभामा लेखा संयोजक बाल मुकुन्द तिमिल्सिनाले पेश गर्नुभएको १ करोड ८३ लाख रुपैंया वासलात रहेको लेखापरीक्षण प्रतिवेदन पारित गरिएको थियो । कार्यक्रममा सहकारीका ३६ जना संस्थापक सदस्यहरुसंगै असल बचतकर्ता र असल ऋणीहरुलाई सम्मान समेत गरिएको थियाे ।

सहकारीका अध्यक्ष कृष्णप्रसाद दवाडीको अध्यक्षतामा सम्पन्न सो साधारणसभाको प्रमुख अतिथि माडी नगरपालिकाका सहकारी संयोजक समेत रहनुभएका माडी नगरपालिका वडा नं. २ का वडाध्यक्ष ईश्वरी प्रसाद ढकाल रहनुभएको थियो । त्यसैगरी विशिष्ट अतिथिका रुपमा पाँचपाण्डब मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त (बासु) सापकोटा रहनुभएको थियो भने अतिथिका रुपमा दण्डपाणी पौडेल, ऋचा सुनार र भरतप्रसाद तिमिल्सिना रहनुभएको थियो ।

यसअघि सो साधारणसभा पौष १४ गतेका लागि निर्धारण गरिएकोमा स्थगन गरी दुई हप्ता पछि पौष २८ गतेका लागि निर्धारित गरिएकोमा दोश्रोपटक स्थगन भई आजका लागि आयोजना गरिएको थियो ।

SwadeshPost