निर्धन उत्थान लघुवित्त वित्तीय संस्था माडीद्वारा वित्तीय साक्षरता अभियान जारी

519
SwadeshPost

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको माडी शाखाले वित्तीय साक्षरता अभियान जारी राखेको छ ।

अभियान अन्तरगत सो लघुवित्तीय संस्थामा आवद्ध ५५ जना सदस्यहरुलाई सो बैंकले दिइरहेका सेवासुबिधा तथा वित्तिय साक्षरताबाट हुने फाइदाका बारेमा प्रशिक्षित गरिएको छ । कार्यक्रमका सहभागीहरुलाई शाखाका प्रमुख नबिन गुरुङले वित्तिय साक्षरता सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । यसअघि, सो शाखाले चिरौली गाउँमा वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण सञ्चालन गरिसकेको छ ।

काठमाडौंको नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुबित्त वित्तिय संस्थाले देशको ७७ वटै जिल्ला तथा ७ वटै प्रदेशमा गरी कुल १८१ वटा शाखामार्फत वित्तिय सेवा प्रदान गर्दै आइरहेको छ ।

SwadeshPost