शोक पाठकको अध्यक्षतामा माडी ६ स्तरीय युवा, खेलकूद तथा साँस्कृतिक समिति गठन

160
SwadeshPost

माडी नगरपालिका वडा नं. ६ मा वडास्तरीय युवा, खेलकूद तथा साँस्कृतिक समिति गठन गरिएको छ । अशोक पाठकको अध्यक्षतामा वडास्तरीय युवा, खेलकूद तथा साँस्कृतिक समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा नेत्र प्रसाद ओझा, सचिवमा संजय ढकाल, कोषाध्यक्षमा लक्ष्मी कार्की र सहसचिवमा सागर सुनार रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा किरण श्रेष्ठ, शंकर गुरुङ, मनोज खनाल र ममता बरुवाल रहनुभएको छ । समितिको संरक्षकमा वडाध्यक्ष भरत बहादुर गुरुङ रहनुभएको छ भने सल्लाहकारका रुपमा सुर्यकान्त खनाल र तारा बहादुर खत्री रहनुभएको वडा कार्यालयले जनाएको हो । वडास्तरीय युवा, खेलकूद तथा साँस्कृतिक समितिले वडाभित्र खेलकूद र साँस्कृतिक फाँटको विकासका विभिन्न काम गर्नुपर्ने जिम्मेवारी रहेको हुन्छ ।

SwadeshPost