बरुवास्थित गर्दी स्वास्थ्य चौकीमा चौबिसै घण्टा प्रसुती सेवा सञ्चालनमा

477
SwadeshPost

माडीको बरुवास्थित गर्दी स्वास्थ्य चौकीमा चौबिसै घण्टा प्रसुती एवं प्रयोगशाला सेवा सञ्चालनमा आएको छ । सेवा अन्तरगत स्वास्थ्य संस्थामा सुरक्षित तवरबाट सुत्केरी गराउने र रगत, दिशा, पिसाब, खकार, सुगर, जण्डिस, थाइराइड आदिको परीक्षण सुरु भएको हो । बरुवा बजारमा रहेको सो स्वास्थ्य चौकीमा प्रसुती एवं प्रयोगशाला सेवा सुरुवात भएसंगै पश्चिमी माडीका विभिन्न गाउँठाउँहरुमा बसोबास गर्नेहरुलाई सुत्केरी एवं प्रसुतीजन्य सेवाका लागि सहजता भएको छ ।

माया मुलर (लालु तामाङ) र एल्मर मुलरबाट २ लाख, नारायणी सामुदायिक अस्पताल भरतपुरबाट जिन्सी र क्लिनिक सेवा समेत गरी करीब ५ लाख, माडी नगरपालिका वडा नं. १ बाट ३ लाख, वडा नं. २ बाट १ लाख, माडी नगरपालिका जनस्वास्थ्य शाखाबाट २ लाख सहयोगमा प्रसुती र प्रयोगशाला सेवा सञ्चालन भएको हो । त्यसैगरी, धनकुमारी गुरुङ र मीनकुमारी गुरुङबाट प्राप्त करीब ७ लाख ५० हजार रुपैंयाबाट स्वास्थ्य चौकी अगाडीको चौर, चौतारी र प्राङ्गण व्यवस्थापनका गरिएको जनाइएको छ ।

SwadeshPost