राष्ट्रिय व्यवसायिक पशुपालक दुग्ध उत्पादक कृषक समाज माडीको दोस्रो नगरसभा सम्पन्न

125
SwadeshPost

राष्ट्रिय व्यवसायिक पशुपालक दुग्ध उत्पादक कृषक समाज माडीको दोस्रो नगरसभाले १५ सदस्य रहने गरी नयाँ कार्यसमिति गठन गरेको छ । जसको अध्यक्षमा सुर्य भुषाल चयन हुनुभएको छ भने सदस्यहरुमा गंगा बस्ताकोटी, लोकप्रसाद देवकोटा, नेत्रप्रसाद काफ्ले, रुद« रेग्मी, राजेश ओझा, कालीका भट्टराई, गंगा बहादुर अधिकारी, दुर्गा बहादुर अधिकारी, मिना पौडेल, निर्मला अधिकारी, दिलराम पावे, जिवन तिमिल्सिना र निलकण्ठ काफ्ले रहनुभएको छ ।

बघौडा मध्यवर्ती उपभोक्ता समितिको सभाहलमा सम्पन्न कार्यक्रममा माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलको प्रमुख आतिथ्यता रहेको थियोभने, अन्नपुर्ण दुग्ध सहकारी संस्था लि. गितानगरका अध्यक्ष भागिराथ तिमिल्सिना, कृषक समाज केन्द्रिय प्रवक्ता हरी अधिकारी, माडी नगरपालिका पशुपंक्षी शाखा प्रमुख मोहन रानाभाट, माडी नगरपालिकाका कृषि शाखा प्रमुख सिद्धान्त तिमिल्सिना, बघौडा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष प्रभु प्रसाद महतो, ओमनाथ पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा व्यवसायिक पशुपालक दुग्ध उत्पादक कृषक समाज माडीका अध्यक्ष सुर्य भुषालले हालसम्म भएगरेका कामहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आ.व २०७६÷७७ को कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

SwadeshPost