बसन्तपुर बजार व्यवस्थापन समितिकाे अध्यक्षमा पूर्व शिक्षक शशिधर बराल चयन

84
SwadeshPost

माडी नगर क्षेत्रको व्यापारिक र प्रशासनिक केन्द्रस्थल बसन्तपुर बजारको व्यवस्थापन समिति अध्यक्षमा पूर्व शिक्षक शशिधर बराल चुनिनुभएको छ ।

पुनर्गठित बसन्तपुर बजार विकास तथा व्यवस्थापन समितिको उपाध्यक्ष, सचिव, सह-सचिव र कोषाध्यक्षमा क्रमशः बिगा शाह कानु, भोलानाथ लामिछाने, बालगोविन्द न्यौपाने र अमृता के.सी. क्षेत्री रहनुभएको छ । समितिका सदस्यहरुमा रीता चापागाईं, पिमला लामिछाने, नविन बस्याल, मनोज कुमार श्रेष्ठ, रञ्जना लम्साल, शिला रामदाम, भोजराज महतो र खेम शर्मा लामिछाने रहनुभएको छ । त्यसैगरी कमल रामदाम, ओमप्रकाश लामिछाने, दामोदर बस्याल, नारायणदत्त लामिछाने, देबीलाल पौडेल, मुक्ति प्रसाद काफ्ले र बल बहादुर परियार सम्मिलित सल्लाहकार समिति समेत गठन गरिएको छ ।

बजारको विकास, प्रवर्द्धन, सरसफाई र व्यवस्थापनको जिम्मेवारी रहेको सो समितिको पुनर्गठनका लागि लामो समयदेखि गृहकार्य हुँदै आएकोमा सहमती जुट्न सकेको थिएन । त्यसैकारण पूर्व अध्यक्ष ओमप्रकाश लामिछाने नेतृत्वको बजार व्यवस्थापन समितिले करीब एक दशकसम्म काम गरेको थियो । लामिछाने नेतृत्वका अधिकांश पदाधिकारी र सदस्यहरु केही बसाईं सरी यन्यत्रै पुगेका थिए भने केहि निष्कृय रहेका थिए ।

SwadeshPost