बाँदरझुलामा हरितालिका तीज विशेष फुटबल प्रतियोगिता आयोजित

139
SwadeshPost

युवा दर्शन समाज क्लब बाँदरझुलाको आयोजनामा तेश्रो हरितालिका तीज नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

प्रतियोगिता भदौ ८ गते उद्घाटन भई तीजको दिन अर्थात भदौ १६ गतेसम्म सञ्चालन हुने क्लबका प्रतिनिधी रुपेन प्रजाले जानकारी दिनुभयो । बाँदरझुलाको प्लट नं. ५ को खेल मैदानमा प्रतियोगिता अन्तरगतका खेलहरु सञ्चालन हुनेछन् । प्रतियोगिताको प्रथम पुरस्कार शिल्ड र मेडलसंगै नगद ५० हजार तथा तथा दोश्रो पुरस्कार शिल्ड र मेडलसंगै नगद २५ हजार रुपैंया रहेको आयोजकले जनाएको छ । त्यसैगरी प्रतियोगिताका बेष्ट खेलाडी, फरवार्ड, सर्बाधिक गोलकर्ता र सर्बोत्कृष्ट खेलाडी लगायतका विधागत पुरस्कार समेत रहेको जनाइएको छ ।

प्रतियोगितामा सहभागिताका लागि आउँदो भदौ ८ गतेभित्र टिम दर्ता गरिसक्नुपर्ने समयसीमा तोकिएको छ । यसअघि सो क्लबले लगातार २ बर्ष बाँदरझुलामा तीज कप फुटबल प्रतियोगिता सम्पन्न गरिसकेको छ । प्रतियोगिताको आधिकारिक मिडिया स्वदेश एफ.एम. रहेको छ ।

SwadeshPost