आरोपी त्रयलाई हिरासत मै राखेर अनुसन्धान गर्न पाँच दिनको म्याद थप

122
SwadeshPost

पत्रकार रवि लामिछाने सहित तीनै जनालाई हिरासत मै राखेर अनुसन्धान गर्न पाँच दिनको म्याद थपिएको छ । म्याद थप गर्नका लागि प्रहरीले आज आरोपीत्रयलाई जिल्ला अदालत चितवनमा उपस्थित गराएको थियो । जिल्ला न्यायाधीश गायत्री प्रसाद जोशीको इजालासले दोश्रोपटक पाँचदिनको म्याद थप गर्न अनुमती दिएको हो ।

म्याद थपका लागि चितवन प्रहरीले पत्रकार शालिकराम पुडासैनीको पोस्टमार्टम रिपोर्ट, भिडियोको डिजिटल ल्याब रिपोर्ट, पुडासैनीले डोरी किनेको पसलको सीसीटीभी फुटेज लगायत अन्य सामग्रीहरुसहित अदालतमा पेश गरेको थियो । पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धानका लागि अदालतले पाँचदिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो ।

यसअघि गत शुक्रबार जिल्ला अदालत चितवनले अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । अनुसन्धानका लागि भन्दै थप ५ दिन म्याद थपिएसंगै लामिछाने पक्षधर प्रदर्शनकारीहरु भने निराश र आक्रोशित बनेका छन् । भरतपुरमा प्रदर्शन जारी राखिने उनीहरुको भनाई छ ।

SwadeshPost