मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

चितवन अदालतले रवि लामिछानेलाई ५ लाख रुपैंया धरौटीमा रिहाई गर्न आदेश

  • A
  • A+
  • A++

चितवन जिल्ला अदालतले पत्रकार रवि लामिछानेलाई ५ लाख रुपैंया धरौटीमा रिहाई गर्न आदेश दिएको छ । त्यसैगरी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता कार्कीलाई सामान्य तारेखमा रिहाई गर्न अदालतले आदेश दिएको हो ।

विज्ञापन १

जिल्ला अदालत, चितवनका न्यायाधीश हेमन्त रावलको इजालासले लामिछानेसंगै पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा न्यायीक हिराशतमा रहेका तीजैजनालाई धरौटीमा रिहाई गर्न आदेश दिएको हो । अदालतबाहिर भरतपुरका चोक चोकमा लामिछानेका समर्थकहरुको ठूलो भीड एकत्रीत भएको छ ।

विज्ञापन २

विज्ञापन ३

तपाईको प्रतिक्रिया