शिशु कक्षामा अध्ययनरत अति बिपन्न विद्यार्थीलाई पोशाक हस्तान्तरित

338
SwadeshPost

अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले खरकट्टास्थित जनजीवन माध्यमिक विद्यालयमा अध्ययनरत अति बिपन्न विद्यार्थीहरुलाई विद्यालय पोशाक हस्तान्तरण गरेको छ ।

विद्यालयको शिशु कक्षामा अध्ययनरत अति बिपन्न परिवारबाट आएका २० जना बालबालिकाहरुलाई विद्यालय पोशाक हस्तान्तरण गरिएको हो । ८ जना छात्र र १२ जना छात्राहरुलाई अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मथुरा बहादुर भण्डारी र उपाध्यक्ष बुद्धि कुमार श्रेष्ठले संयुक्त रुपमा विद्यालय पोशाक हस्तान्तरण गर्नुभएको थियो ।

सो सन्दर्भमा विद्यालयका प्रधानाध्यापक शोभाकर गौतमले अयोध्यापुरी उपभोक्ता समिति र अध्यक्ष भण्डारीलाई धन्यवाद ज्ञापन गर्दै आउँदा दिनमा पनि थप सहयोगका लागि आग्रह गर्नुभएको विद्यालय शिक्षक रामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

SwadeshPost