राष्ट्रनिर्माणमा प्राविधिक विद्यार्थीको भूमिका महत्वपूर्ण : नगरप्रमुख ढकाल

459
SwadeshPost

माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले राष्ट्रनिर्माणको काममा प्राविधिक शिक्षा र प्राविधिक धारका विद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।

दिवाकर स्मृति प्राविधिक शिक्षालयद्वारा आयोजित दशैं, तिहार, छठ, नेपाल सम्बत र इदको शुभकामना आदान-प्रदान कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै नगरप्रमुख ढकालले प्राविधिक शिक्षा आजको आवश्यकता रहेकोमा जोड दिनुभएको हो । माडीको हरिनगरस्थित सो शिक्षालयका प्रशिक्षार्थीहरुलाई सम्बोधन गर्दै ढकालले राम्ररी पढेर कर्णधार नागरिक बन्न शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सन्दर्भमा माडीका सरकारी तथा गैरसरकारी निकायहरु, शिक्षण संस्था, वित्तिय संस्था, सुरक्षा निकाय र अन्य पक्षका प्रमुख एवं प्रतिनिधीहरुको सहभागिता रहेको थियो । सोही कार्यक्रमकै सन्दर्भमा लैंगिक समता तथा सामाजिक समावेशीकरण बिषयक अभिमुखीकरण तालिम समेत सञ्चालन भएको थियो भने शिक्षालयमा दोश्रो बर्षमा अध्ययनरत प्रशिक्षार्थीहरुले नयाँ भर्ना हुन आएका प्रशिक्षार्थीहरुलाई स्वागत समेत गरेका थिए ।

SwadeshPost