भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु

400
SwadeshPost

भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उच्च ज्वरो र रुघाखोकीले ग्रसित वीरगञ्जका ३० बर्षीय सन्तोष यादवको मृत्यु भएको हो ।

उनको ज्यान जानुको कारण भने कोरोना नभएर ‘अटो इम्युन डिजिज’ रहेको टेकु प्रयोगशालाले जनाएको छ । उपचारका क्रममा आज विहान मृत्यु भएकाेमा मृत्यु अगावै उनको स्वाबको नमुना परीक्षणका लागि पठाइएको थियो । पहिलेदेखि नै लुपुस भन्ने रोग लागेका यादवका मिर्गौला समेत कमजोर रहेको र निमोनिया र ज्वरो आएपछि चैत ९ गते अस्पतालमा भर्ना गरिएकोमा मंगलबार बिहान ९ बजे ज्यान गएको कोरोना विशेष अस्थाई अस्पतालले जनाएको छ ।

चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा लगिएका उनलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो ।

SwadeshPost