दिवंगत खड्काप्रति नेकपा माडी-७ कमिटिद्वारा श्रद्धाञ्जली अर्पण

84
SwadeshPost

हालै निधन हुनुभएका माडीका पूर्व शिक्षक एवं नेकपा वडा कमिटि सदस्य ललित बहादुर खड्काप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडी ७ वडा कमिटिले दिवंगतको निवासस्थान गोपालनगरमा सम्पन्न गरेको संक्षिप्त शोकसभाका सहभागीहरुले श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेका हुन् । शोकसभालाई सम्बोधन गर्दै माडीका नगरप्रमुख एवं नेकपा नेकपा प्रदेश कमिटिका सचिवालय सदस्य ठाकुर प्रसाद ढकाल, नगर उपप्रमुख ताराकुमारी काजी महतो तथा वडाध्यक्षहरु र नेकपा माडी नगर अध्यक्ष प्रभु प्रसाद महतोले दिवंगतप्रति श्रद्धासुमन अर्पण गर्नुभयो ।

शोकसभाकै सन्दर्भमा रेवा मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यको निधन हुँदा प्रदान हुने रु ५ हजारका साथै श्रद्धाञ्जली व्यक्त गरेको थियो । त्यसैगरी, चतुर्मुखी कल्याण कोष हरिनगर, माडी माछा उत्पादक तथा वितरक सहकारी संस्था लिमिटेड, जनकल्याण माध्यमिक विद्यालय, जनकल्याण भूतपूर्व विद्यार्थी समाज लगायतका संघसंस्थाहरुले समेत श्रद्धाञ्जली अर्पण गरेका छन् । बि.सं. २०११ जेष्ठ २ गते जन्मनुभएका उहाँको ६६ बर्षको उमेरमा गत जेष्ठ ४ गते उपचारको क्रममा आफ्नै निवासमा निधन भएको थियो ।

SwadeshPost