आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

स्वदेशपोष्ट विशेष

स्वदेश एफ.एम. का कर्मचारीहरुको कोरोना भाइरस वीमा

  • A
  • A+
  • A++

स्वदेश एफ.एम.मा कार्यरत पत्रकार एवं कर्मचारीहरुको कोरोना भाइरस वीमा गरिएको छ । कोरोना भाइरस संक्रमणको त्रासका बिच सत्यतथ्य सुचना सम्प्रेषण र रेडियोका अन्य नियमित कामकाजमा खटिएका १२ जना स्वदेशकर्मी पत्रकार एवं कर्मचारीहरुको वीमा गरिएको हो ।

विज्ञापन १

माडीको बसन्तपुरमा रहेको शिखर इन्स्योरेन्सको माडी शाखामार्फत प्रतिव्यक्ति रु ६०० लागतमा वीमा गरिएको रेडियोका स्टेशन म्यानेजर अपेक्षा चौधरीले जनाउनुभयो । १५ दिने अवधीपछि जोखिम बहन सुरु हुने यस वीमा योजना अन्तरगत पि.सि.आर. विधीबाट कोरोना पुष्टी भएका व्यक्तिलाई वीमांक रकमस्वरुव रु १ लाख उपलब्ध गराइने व्यवस्था रहेको ईन्स्योरेन्सले जनाएको छ ।

विज्ञापन २

बसन्तपुर बजारस्थित विश्वास फार्मेसी तथा विशेक क्लिनिकको सहयोगमा स्वदेशकर्मीहरुको कोरोना भाइरस वीमा गरिएको हो । लकडाउनको समयमा नियमितरुपमा जिम्मेवारीपूर्वक सञ्चारकार्यमा सरिक स्वदेशकर्मीहरुको वीमा गर्न सहयोग गर्नुभएका क्लिनिकका सञ्चालक गोविन्द नेपाल र क्लिनिक परिवारलाई रेडियोले धन्यवाद ज्ञापन गरेको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया