शिक्षक कर्मचारीहरुको ३ दिनको तलब विपद् राहत कोषमा

454
SwadeshPost

माडीका सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीहरुले ३ दिनको तलब बराबरको रकम विपद् राहत कोषमा दाखिला गर्ने भएका छन् ।

शिक्षक कर्मचारीहरुको ३ दिनको तलब रकममध्ये २ दिनको रकम माडी नगरस्तरीय बिपद् राहत कोषमा दाखिला हुनेछ भने नेपाल शिक्षक महासंघको केन्द्रले निर्णय गरे १ दिनको तलब केन्द्रमा पठाइने अन्यथा त्यो पनि माडी नगरस्तरीय कोषमै दाखिला गरिने नेपाल शिक्षक महासंघ माडीका अध्यक्ष चन्द्रमणी महतोले जानकारी दिनुभयो । नेपाल शिक्षक महासंघ माडी, नेपाल राष्ट्रिय शिक्षक संगठन माडी, एकीकृत अखिल नेपाल शिक्षक संगठन माडी र नेपाल शिक्षक संघ माडीका प्रतिनिधीहरुसहित माडी नगरपालिकाको संयुक्त बैठकबाट यो निर्णय भएको हो ।

यसैबिच, यो निर्णय माडीमा सञ्चालित नीजि क्षेत्रका शैक्षिक संस्थाहरु तथा माडी क्याम्पस र दिवाकर स्मृति प्राविधिक शिक्षालयमा कार्यरत शिक्षक कर्मचारीहरुको हकमा भने लागु नहुने भएको छ । सामुदायिक विद्यालय बाहेक अन्य शैक्षिक संस्थाहरुले छुट्टै निर्णय गरी कोषमा सहयोग गर्न सक्ने माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो ।

SwadeshPost