चितवन राष्ट्रिय निकुञ्जभित्र गैंडा मृत अवस्थामा फेला

446
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्जभित्र राष्ट्रपति ताल नजिकै एक बयस्क गैंडा मृत अवस्थामा फेला परेको छ । हावाहुरीका कारण रुख ढल्दा गैडा मरेको निकुञ्ज प्रशासनले जनाएको हो । गत १९ गते नै गैडाको मुत्यु भएपनि निकुञ्जको गस्ती टोली ढीलागरी मृत अवस्थामा गैडा भेटेको हो ।

पछिल्लो समयमा निकुञ्जका विविध कारण गैडा मर्ने क्रम बढेको छ । सन् २०१५ को गणना अनुसार ६ सय ५ वटा गैडा रहेको सो निकुञ्जभित्र यस बर्ष मात्रै २६ वटा गैंडा मरेको तथ्यांक छ । निकुन्जबाट खटिएको टोलीले गैंडा मर्नुको कारण र अवस्था बारे अनुसन्धान थालेको छ ।

SwadeshPost