लकडाउनमा बैकल्पिक विधीबाट कक्षा सञ्चालनको अभ्यास

260
SwadeshPost

नीजि क्षेत्रबाट सञ्चालित माडीका संस्थागत विद्यालयहरुले लकडाउनको समयमा बैंकल्पिक विधीबाट कक्षा सञ्चालनको फरक फरक अभ्यास गरिरहेका छन् ।

कक्षा ८ सम्म सञ्चालनमा रहेका माडीका संस्थागत विद्यालयहरुले मिदास ई-क्लासको एप्समार्फत कक्षा सञ्चालनको अभ्यास थालेका छन् । विद्यार्थीहरुको मोबाइल फोनमा एप्स डाउनलोड गराई त्यसमार्फत बैंकल्पिक सिकाई क्रियाकलाप अगाडि बढाइएको पिसल्याण्ड अंग्रेजी विद्यालयका प्राचार्य माधव पोखरेलले जनाउनुभयो । त्यस्तै, सबैजसो विद्यालयहरुमा नर्सरीदेखि कक्षा १ सम्मका विद्यार्थीहरुलाई ३० दिने गृहकार्य पुस्तिका उपलब्ध गराई सिकाई कार्यमा लगाइएको उहाँको भनाई छ ।

यता, कीर्तनपुरस्थित बालविकास अंग्रेजी विद्यालयले भने ११ वटा क्लस्टरमा आधारभूत तहका विद्यार्थीहरु जम्मा गरी गृहकार्य दिने र सिकाई कार्य सञ्चालन गरिरहेको छ । प्रत्येक समुदायमा रहेका विद्यार्थीहरुलाई एक स्थानमा भेला गरी हरेक बिहान सिकाई कार्यकलाप सञ्चालन गरिएको सो विद्यालयका प्राचार्य हर्क चापागाईंले जनाउनुभयो । तर, छिमेकका विद्यालयले भने भौतिक दुरीको अवज्ञा हुनेगरी समूहमा कक्षा सञ्चालन भएको आरोप लगाएका छन् ।

SwadeshPost