माडीमा कोरोना संक्रमितहरुको कुल संख्या १८ पुग्याे

193
SwadeshPost

माडीको रमाइलोडाँडास्थित दिवाकर स्मृति विद्यालय क्वारेन्टाइनमा रहेका ४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टी भएको छ । पहिलो पि.सि.आर. परीक्षणमा नेगेटिभ रिपोर्ट आएका उनीहरुमा संक्रमणको लक्षण देखिएपश्चात दोश्रोपटक पि.सि.आर. परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

माडी नगरपालिका जनस्वास्थ्य शाखाले भरतपुर-१९ कोभिड प्रयोगशालाको प्राविधिक सहयोगमा दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा क्वारेन्टाइनमा १३ जनामा दोश्रोपटक स्वाब परीक्षण गरेको थियो । यसअघि, गत जेष्ठ ३० गते शुक्रबार सो क्वारेन्टाइनमा रहेकामध्ये ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसबेलाका संक्रमितहरुको निकट सम्बन्धमा रहेका तथा कोरोनाको लक्षण देखिएकाहरुमा पुनः स्वाब परीक्षण गरिएको हो ।

यो संगै माडीमा कोरोना संक्रमितहरुको कुल संख्या १८ पुगेको छ । यसअघि सोमेश्वर मा.वि. क्वारेन्टाइनमा ६ जना र दिवाकर स्मृति विद्यालय क्वारेन्टाइनमा ८ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमितहरू सबैजना भारत प्रवासबाट फर्किएकाहरु हुन ।

SwadeshPost