वार्ता र ‘मौखिक’ सहमतीको नाउँमा निकुञ्जले पुनः एकपटक माडीका सुकुम्बासी र चेपाङ समुदायलाई झुक्याएको आरोप

246
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्जले वार्ता र ‘मौखिक’ सहमतीको नाउँमा पुनः एकपटक माडीका सुकुम्बासी र चेपाङ समुदायलाई झुक्याएको आरोप छ ।

गत असार ५ गते बाँदरझुला सुकुम्बासी संघर्ष समिति र निकुञ्ज प्रशासनबिच माडी नगरपालिकाको रहोबर सुकुम्बासीहरुले उठाएको ७ बुँदे मागहरु पुरा गर्ने मौखिक सहमती भएको थियो । तर सहमती भएको एक साता नहुँदै निकुञ्जे पुरानै रबैया अपनाएको बाँदरझुला सुकुम्बासी संघर्ष समितिको भनाइ छ ।

निकुञ्जले वार्ताको सहमती बिपरित बगहीँबाट कुसुमखोला हुँदै बाँदरझुला पुग्ने बाटो हात्ती लगाई अवरुद्ध गरिदिएको छ । हात्ती लगाई रुख ढालेर तथा मुढा ते-स्याएर सो बाटो अवरुद्ध गरिएको हो । हालैमात्र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सरकारी बजेटमै सो बैकल्पिक बाटो निर्माण भएको थियो । त्यसैगरी बाँदरझुलाबासीले खेतीपातीका लागि ट्रयाक्टर प्रयोग गर्न पाइरहेका छैनन् भने माडीमा नमुना चेपाङ बस्तीको काम समेत काम अवरुद्ध नै रहेको छ ।

SwadeshPost