नीजि गाडीमार्फत सवारी सेवा उपलब्ध गराएका माडीका एक युवा व्यवसायी सम्मानित

300
SwadeshPost

लकडाउनको अवधीमा आफ्नो नीजि गाडीमार्फत बिरामी तथा अत्यावश्यकीय स्वास्थ्य सेवा पाउनुपर्नेहरुलाई सवारी सेवा उपलब्ध गराएका माडी बरुवाका युवा व्यवसायी सञ्जय महतो सम्मानित हुनुभएको छ ।

निजी गाडीमा नि:शुल्करुपमा बिरामी, घाइते तथा स्वास्थ्य सेवापेक्षीहरुलाई भरतपुर तथा बसन्तपुरस्थित स्वास्थ्य संस्थाहरुसम्म लैजाने र ल्याउने सेवा प्रदान गरी सामाजिक योगदान दिनुभएको भन्दै कमर्सियल एग्रो एण्ड डेभ्लपर्स ग्रुप (प्रा.) लि.ले माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकालको बाहुलीबाट सो सम्मान गरेको हो । लकडाउनको समयमा सार्वजनिक यातायात सेवा बन्द भइरहँदा उहाँले करिब ६० जनालाई सवारी सेवा उपलब्ध गराउनुभएको थियो ।

SwadeshPost