माडीकाे बघौंडा अस्पताललाई दुई थान आई.सि.यु. बेड प्रदान

108
SwadeshPost

चितवन । माडीको बसन्तपुरस्थित बघौंडा अस्पताललाई कलाकार तथा घरजग्गा व्यवसायी किरण के.सी. समूहले दुई थान आई.सि.यु. बेड प्रदान गरेको छ ।

माडी नगरपालिकाले सो अस्पतालमा भेन्टिलेटर सहितको आई.सि.यु. उपचार कक्ष स्थापना गर्ने पहल थालेकोमा हाँस्य कलाकार समेत रहनुभएका किरण के.सी. (रातामकै), सुरेन्द्र के.सी. (मुलाको साग) र राज के.सी.ले करीब चार लाख लागतको २ थान आई.सि.यु. बेड उपलब्ध गराउनुभएको हो । आई.सि.यु. बेड अस्पतालमा आइसकेपनि केहि प्राविधिक कामहरु भने बाँकी रहेको यस सहयोगका पहलकर्ता गोबिन्द न्यौपानेले जनाउनुभयो ।

यसैबिच, चर्चित पपगायक योगेश्वर अमात्यले बघौंडा अस्पतालका लागि ब्याट्री र इन्भर्टर प्रदान गर्नुहुने भएको छ । बिजुलीबत्ती अवरुद्ध रहेको समयमा अस्पताल परिसरमा छाउने अन्धकार हटाउन गायक अमात्यले करीब ६३ हजार लागतको व्याट्री र इन्भर्टर सहयोग गर्नुभएको हो । यसका लागि अमात्यले रकम पठाइसक्नुभएको र अबको २ दिनभित्र अस्पतालमा इन्भर्टर जडान गरिने, सो सहयोगका पहलकर्ता सञ्जय चौधरीले जानकारी दिनुभयो ।

SwadeshPost