युरिया मल नपाउँदा माडी क्षेत्रका कृषकहरु उत्पादन घट्ने चिन्तामा

292
SwadeshPost

चितवन । धान उत्पादनको पकेट क्षेत्रका रुपमा परिचित माडी क्षेत्रका कृषकहरु युरिया मल नपाउँदा उत्पादन घट्ने चिन्तामा परेका छन् ।

हाल माडीसंगै जिल्लाभरी नै युरिया मल उपलब्ध छैन । यसअघि साउन पहिलो सातासम्ममा कृषकहरुलाई युरिया मल उपलब्ध गराउने भनेपनि कृषि सामग्री कम्पनी लिमिटेड भरतपुर शाखाले अझैसम्म युरियामल जिल्लाका कुनै पनि स्थानमा पु-याउन सकेको छैन । साउन महिना सकिन लाग्दासम्म पनि युरिया मल नपाएसंगै कृषकहरु धान उत्पादन घट्नसक्ने चिन्तामा डुबेका हुन् ।

चितवनमा धानखेतीका लागि युरिया, पोटास र डिएपी गरी १५ हजार मेट्रिक टन मल माग रहेपनि आफूहरुसँग युरियामल नभएको साल्ट ट्रेडिङको शाखाले जनाएको छ । चितवनमा तत्कालै तीन हजार मेट्रिक टन युरिया मलको आवश्यक रहेपनि लकडाउनका कारण आपूर्ति हुन नसकेको कम्पनीले जनाएको हो । युरिया मल नपाउँदा माडीका केहि कृषकहरुले महंगो मुल्यमा एमोनियम सल्फेट (चिनी मल) किनेर छर्न बाध्य भएका थिए ।

SwadeshPost