प्रधानमन्त्रीसंगको भेटमा प्रचण्डलाई सहभागी नगराएको भन्दै फेसबुकमा विवाद

145
SwadeshPost

प्रधानमन्त्रीसंगको भेटमा माडीका निर्वाचित साँसद पुष्पकमल दाहाल प्रचण्ड तथा प्रचण्ड निकट नेतागणलाई सहभागी नगराएको भन्दै सामाजिक सञ्जालमा विवाद देखिएको छ ।

प्रधानमन्त्रीसंग भेट्न बालुवाटार पुगेको प्रतिनिधीमण्डलमा माडीका निर्वाचित सांसद तथा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, नेकपाका चितवन सह-ईन्चार्ज एवं राष्ट्रिय सभा सदस्य गंगा बेलबासे, जिल्ला अध्यक्ष यम बहादुर परियार ईन्द्रजित, सांसद एवं सचिव कृष्णभक्त पोख्रेल तथा प्रदेश सांसद रामलाल महतो लगायतका प्रचण्ड-नेपाल खेमाका नेतागणहरु नदेखिएको वा नबोलाइएको भन्दै विवाद देखिएको हो ।

भेटमा नेकपाभित्र के.पी. ओली समूह इतरका नेता कार्यकर्ताहरुको सहभागिता नरहनु संयोग मात्रै हो अथवा अर्को केही अर्थ र उद्देश्य हो भनी प्रचण्ड निकट युवा नेता सन्तोष पनेरुले फेसबुकमार्फत प्रश्न गर्नुभएको छ । प्रचण्डले जलाईएका सुकुम्बासी चेपाङको घर बनाउन निर्देशन दिँदैगर्दा प्रधानमन्त्री ओलीले रामको मन्दिर बनाउन निर्देशन दिनुले शंका जन्माएको उहाँको भनाई छ । त्यसैगरी सुकुम्बासीको घर जलेको र निकुञ्ज ऐनको बिषयभन्दा अयोध्याको बिषयमा चर्चा धेरै भएको प्रचण्डनिनकट अर्का युवा नेता रामहरि सेंढाईको टिप्पणी छ ।

SwadeshPost