माडी नगरपालिका वडा नं. ४ मा ढिलागरी कालोपत्रे बिछ्याउने क्रम सुरु

425
SwadeshPost

चितवन । माडी नगरपालिका वडा नं. ४ मा ढिलागरी कालोपत्रे बिछ्याउने क्रम सुरु भएको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना चितवनको गत आर्थिक बर्ष २०७६/७७ को १ करोड बजेटबाट माडी ४ सिधुवास्थित मिलचोकबाट अम्रौली गाउँसम्म कालोपत्रे भइरहेको हो । गत आर्थिक बर्षमै निर्माण सकिनुपर्ने भएपनि कोरोना संक्रमणका कारण ढिलाई हुनगएको निर्माण पक्षको भनाई छ ।

निर्माणधीन कालोपत्रेको कुल ८२९ मिटर तथा चौडाई ५ मिटर रहने वडाध्यक्ष चन्द्रदीप महतोले जनाउनुभयो । कालोपत्रेको बेस र सब-बेस भने केहि महिना अगावै पुरा भइसकेको थियो ।

SwadeshPost