प्रचण्ड-माधव समूहले निर्णायक भन्दै राजधानी काठमाडौंमा ठूलो जनप्रदर्शन

203
SwadeshPost

२८ माघ, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले निर्णायक भन्दै राजधानी काठमाडौंमा ठूलो जनप्रदर्शन गरेको छ ।काठमाडौंको माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशर महल र जमलबाट जुलुस निस्किएर सुन्धारामा पुगी मूल जुलुसमा मिसिएका थिए । जुलुस विभिन्न स्थान परिक्रमा गर्दै भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत भएको छ । विरोधसभालाई अध्यक्ष प्रचण्ड र माधव नेपालसहित सहितका शीर्ष र दोश्रो तहका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

विरोधसभामा सहभागी गराउन प्रचण्ड माधव समूहले बिभिन्न जिल्लाबाट समेत कार्यकर्ता तथा समर्थकहरुलाई काठमाडौंमा लगेको छ । यसअघि सो समूहले गत पुस १४ र माघ ९ गते पनि काठमाडौंमा जनप्रदर्शनसहितको विरोधसभा गरेको थियो । नेकपाका दुबै समूहहरुबिच कार्यकर्ता र समर्थकहरुको भीड देखाउने प्रतिस्पर्धा चलिरहेको देखिन्छ ।

SwadeshPost