विप्लब नेतृत्वको नेकपाले हिंसा छोड्ने, प्रतिबन्ध हट्ने र बन्दीहरु रिहा हुने

369
SwadeshPost

२० फागुन, चितवन । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपा र सरकारबिच तीन बुँदे सहमति भएको छ ।

वार्ताको सफलतासंगै विप्लब नेतृत्वको नेकपाले हिंसा छोड्ने भएको छ । बिहीबार सरकारसँग ३ बुँदे सहमती भएपछि सो पार्टीले समूहले हिंसा छोड्ने भएको हो । सहमती अनुसार सो पार्टीले सम्पूर्ण राजनैतिक क्रियाकलापहरु शान्तिपूर्ण तवरबाट गर्ने र सरकारले लगाएको प्रतिबन्ध हट्ने तथा सबै मुद्धाहरु खारेज भई बन्दीहरु रिहा हुने भएका छन् ।

वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव नेतृत्वको नेकपाले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । दुई पक्षबिच तीन चरणसम्म वार्ता भएसंगै सो सहमती बनेको हो । सहमती भएसंगै भोलि फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले एउटै मञ्चबाट सार्वजनिक गरी संयुक्त सम्बोधन गर्नुहुने भएको छ ।

SwadeshPost