१३ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताकाे विजेता जनकल्याण माध्यमिक विद्यालयलाई ट्रफी हस्तान्तरण

470
SwadeshPost

२० फागुन, चितवन । १३ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताकाे विजेता बन्न सफल जनकल्याण माध्यमिक विद्यालयलाई ट्रफी हस्तान्तरण गरिएको छ । माडी नगरपालिकाले आयोजना गरेको १३ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा जनकल्याण माध्यमिक बिद्यालयले उपाधि जित्न सफल भएको थियो । प्रतियोगितामा जनकल्याणका विद्यार्थीहरुले १३ स्वर्ण, ४ रजत र ७ कास्य दिलाउन सफल भएका थिए ।

सो सम्मान कार्यक्रमका बीच राष्ट्रीय खेलकूद परिषदका सदस्य राम बहादुर रानाभाट र नगर उपप्रमुख तारा कुमारी काजी महतोले विद्यालयलाई ट्रफी हस्तान्तरण गर्नुभएको थियो ।राष्ट्रिय खेलकुद परिषद्का रानाभाटले खेलको विकास र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, सामाजीक अगुवा लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

SwadeshPost