नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)काे चितवनमा छुट्टाछुट्टै पार्टी कार्यालय

923
SwadeshPost

२५ फागुन, चितवन । सर्बोच्च अदालतको फैसलाबाट व्युतिएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)ले चितवनमा छुट्टाछुट्टै पार्टी कार्यालय सञ्चालनमा ल्याएका छन् । मंगलबार एक कार्यक्रम बीच नेकपा (एमाले) चितवनका नेता कार्यकर्ताहरुले साविकको एमालेको पार्टी कार्यालयमा नेकपा एमाले लेखेकै बोर्ड राखेका हुन् । यस अघि सो कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड रहेको थियो । कार्यालयमा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री के.पी. ओलीको फोटो समेत टाँसिएको छ । बोर्ड हालेपछि नेता कार्यकर्ताहरुले खुशियाली मनाउँदै नाचगान समेत गरेका थिए ।

उता, उता, कृष्णपुरस्थित शहीद स्मृति भवनमा नेकपा (माओवादी केन्द्र)पक्षले बोर्ड हाली पार्टी कार्यालय सञ्चालनमा ल्याएका छन् । बोर्ड राख्ने कार्यक्रममा भरतपुर महानगरपालिकाकी नगरप्रमुख रेनु दाहालसंगै माओवादी केन्द्र तर्फका जिल्लास्तरका नेता कार्यकर्ताहरु सहभागी रहेका थिए । उनीहरुले नाँचगान भने गरेनन् ।

SwadeshPost