नेकपा एमालेकाे तात्कालीन माडी नगर कमिटि यथावत

274
SwadeshPost

०२ फागुन, चितवन । अदालती फैसलाबाट पुनर्स्थापित नेकपा एमालेका तात्कालीन माडी नगर अध्यक्ष नारदमणी पौडेलले आफ्नो नेतृत्वको साविकको नगर कमिटि यथावत रहेको बताउनुभएको छ ।

तत्कालीन समयमा पार्टीको नगर अधिवेशनमार्फत आफूलाई अध्यक्ष चयन गरेको र पार्टीहरु पूर्ववत पुनर्स्थापित भएसंगै आफ्नो नेतृत्वको नगर कमिटि पनि स्वतः पुनर्स्थापित भएको उहाँको भनाई छ । इतिहासकै अत्यन्तै कमजोर धरातलमा आधारित दुइटा पार्टीको एकीकरण भई नेकपा (नेकपा) बनेको तर सो पार्टीलाई जबरजस्त फुटाइएपछि आफूहरु पूर्ववत् एमाले भएको उहाँले बताउनुभयो । अब साविककै पार्टीलाई व्यवस्थित र बैचारिक रुपमा संगठित गर्ने समयमा अराजक तरिकाले केन्द्रसहित तल सम्म गुटको भेला गरेर जिम्मेवार नेता कार्यकर्ताहरुलाई पाखा लगाउने काम भएको उहाँको टिप्पणी छ ।

‘गुटको भेलामार्फत एमालेको एक समूहलाई पाखा लगाउनु कम्युनिस्ट चरित्र भनई अराजकता रहेको’ भन्दै उहाँले आफ्नो अध्यक्षताको नगर पार्टी कमिटि यथावत रहेको जिकीर गर्नुभएको हो । नेकपा एमाले र माओवादी केन्द्रबिच एकता भई नेकपा (नेकपा) बनेपश्चात उहाँ एकीकृत पार्टीको माडी नगर सचिव रहनुभएको थियो । एमालेभित्र उहाँ नेपाल-खनाल समूह निकट मानिनुहुन्छ ।

SwadeshPost