राष्ट्रिय कार्यकर्ता भेलामा माडी क्षेत्रबाट प्रतिनिधीगत रुपमा ८ जनाको सहभागिता

176
SwadeshPost

०४ फागुन, चितवन । नेकपा एमालेको माधव नेपाल – झलनाथ खनाल समूहले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा माडी क्षेत्रबाट प्रतिनिधीगत रुपमा ८ जनाको सहभागिता रहँदैछ ।

भेलामा सहभागी हुन एउटा चारचक्के गाडीमा खनाल-नेपाल पक्षीय ८ जना एमाले नेताहरु राजधानी प्रस्थान गरेका छन् । एमाले माडी नगर अध्यक्ष नारदमणि पौडेलको नेतृत्वमा जिल्ला सदस्य कमल रामदाम, जिल्ला सदस्य एवं वडाध्यक्ष पुरन महतो, वडाध्यक्ष कृष्णराज अधिकारी, जिल्ला सल्लाहकार शोभाकान्त पौडेल, जिल्ला सदस्य एवं अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिवजी गायक, माडी नगर दलित समन्वय समितिका संयोजक डिल बहादुर गायक र पार्टी नेता एवं जनजीवन मा.वि.का पूर्व अध्यक्ष महदत्त काफ्ले राजधानी प्रस्थान गर्नुभएको हो ।

देशभरीका नेता कार्यकर्ताहरु प्रतिनिधीगत रुपमा सहभागी रहने बताइएको सो भेलाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री के.पी. ओलीलाई दबाब दिने बताइएको छ । सर्वोच्च अदालतको फैसलापछि पनि प्रधानमन्त्री ओलीले एकलौटी निणर्य गरेको भन्दै खनाल-नेपाल समूहले आपत्ति जनाउँदै आएको छ । ओलीले २८ गते गुट भेला गरेर पार्टीलाई विभाजनतिर धकेलको भन्दै सो बैठकका निणर्य खारेज गरेर केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने उनीहरुले माग गरेका छन् ।

SwadeshPost