शिक्षाका लागि माडी क्याम्पसको सम्भावना, चुनौती र समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

336
SwadeshPost

६ चैत, चितवन । माडी क्याम्पसको आयोजनामा गुणस्तरीय शिक्षाका लागि माडी क्याम्पसको सम्भावना, चुनौती र समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसको सभाहलमा सञ्चालित कार्यक्रममा शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, बिद्यार्र्थी, अभिभाबक लगायत सबै पक्षहरु एकताबद्ध भएर लाग्नु पर्नेमा सहभागीहरुले जोड दिएका थिए । माडी नगरपालिकालाई शैक्षिक हबका रूपमा बिकास गर्न बिभिन्न योजनाका साथ सरोकारवाला निकायहरु लाग्नुपर्नेमा पनि वक्ताहरुको जोड थियो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष तीर्थराज भुसालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल खुल्ला विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. लेखनाथ शर्मा तथा विशिष्ट अतिथिका रुपमा माडीका मेयर ठाकुर ढकाल र प्रशासकिय अधिकृत पुष्पराज ढकाल एवं विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

SwadeshPost