निकुञ्ज प्रशासनद्वारा मध्यवर्ती क्षेत्रका खोलानालाको उत्खनन बन्द

364
SwadeshPost

०६चैत , चितवन । गैंडा गणनाको कारण देखाउँदै चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले मध्यवर्ती क्षेत्रका खोलानाला उत्खनन बन्द गरेको छ ।

आउँदो चैत ९ गतेबाट सुरु हुन लागेको गैंडा गणनाको सन्दर्भमा गत चैत ५ गते बिहीबारदेखि अर्को सुचना नहुँदासम्मका लागि मगोइ, रीउ, राप्ती, नारायणी लगायतका मध्यवर्ती क्षेत्रका खोलाहरु बन्द गरिएका हुन् । यस निर्णयसंगै निकुञ्जको कसरा, बगहीँ माडी, सौराहा र अमलटारी गरी चारवटै सेक्टर कार्यालयहरुले खोलाहरुमा भइरहेको नदीजन्य पदार्थहरुको उत्खनन वा संकलन कार्यमा रोक लगाएका छन् ।

निकुञ्जको यस निर्णयबाट माडीसंगै मध्यवर्ती क्षेत्रमा जारी विकास निर्माण कार्य भने प्रभावित हुने भएका छन् । माडी नगरपालिकाले उपभोक्ता समिति अन्य बिधीबाट सञ्चालनमा रहेको सबै आयोजना र कार्यक्रमहरु समयमै पुरा गर्न निर्देशन दिएको सन्दर्भमा गिट्टी, ढुंगा, बालुवा आदिजस्ता निर्माण सामग्रीको अभाव हुनगई निर्माणकार्य प्रभावित हुने भएको हो ।