माडी नगरपालिकाले ५ वटा जातीय समुदायको साँस्कृतिक ग्राम निर्माण गर्ने

362
SwadeshPost

१० चैत्र चितवन । माडी नगरपालिकाले बोटे, दराई, राई, दुरा र थारु गरी ५ वटा जातीय समुदायको साँस्कृतिक ग्राम (कल्चर भिलेज) निर्माण गर्ने भएको छ ।

मंगलबार सम्पन्न नगर कार्यपालिका बैठकले ५ वटा जातीय समुदायको साँस्कृति, भेषभूषा, रहनसहन र परम्परागत अभ्यासहरु संरक्षणका लागि साँस्कृतिक ग्राम निर्माण गर्ने निर्णय गरेको हो । आगामी आर्थिक बर्षको बजेटबाट ग्राम निर्माण अगाडि बढाउने र चालू आर्थिक बर्षमा सो सम्बन्धी छलफल, परामर्श र प्रारम्भीक खाका तयार पारिने माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले बताउनुभयो ।

यस कार्यक्रम अन्तरगत साँस्कृतिक ग्रामका घरहरुको वीमा नगरपालिकाबाट गरिने, सो क्षेत्रमा सम्बन्धित जातीय समुदायको परम्परागत घरहरुकै स्वीकृत मोडलहरुरु मात्रै निर्माण वा पुनर्निर्माण हुने र अन्य साँस्कृतिक पक्षहरु संरक्षण गरिने जनाइएको छ । माडी क्षेत्रमा पर्यटन प्रवर्धनका लागि समेत साँस्कृतिक ग्रामहरु महत्वपूर्ण इकाई बन्न सक्ने विश्वास गर्न सकिन्छ ।

SwadeshPost