माडी (स्थानीय) खबर पोष्ट

हुलाकी सडकमा परेको रुख काट्न समन्वय हुन नसक्दा कालोपत्रे सडकको बिचमै रुख

११ चैत्र, चितवन । हुलाकी सडकमा परेको सालको रुख काट्न समन्वय हुन नसक्दा पर्साको ठोरीमा कालोपत्रे सडकको बिचमै रुख ठडिएको छ ।ठोरी क्षेत्रमा हुलाकी सडक बनाइरहेको कालिका बानियाँ जेभी कन्सट्रक्सनले सडकखण्डमा पर्ने रूख कटानका लागि पटक पटक इजाजत माग्दा पनि निकुञ्जले अनुमति नदिएपछि बीच सडकमा सालको रूख छाडेर कालोपत्र गर्नुपरेको ठेकदार कम्पनीले जनाएको छ । यसबाहेक मध्यवर्ती क्षेत्रमा सडक निर्माण भइरहेको भन्दै त्यसलाई रोक्न निकुञ्जले निर्देशन समेत दिएको ठोरी गाउँपालिकाका अध्यक्ष पि.एल. श्रेष्ठको भनाई छ ।निकुञ्जको निर्देशनसंगै ठोरीको वडा नम्बर १ र २ मा सडक निर्माणको काम प्रभावित भएको छ ।

यसबारे चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले रुख कटानका लागि ठेकदार कम्पनीले प्रक्रिया पूरा नगरेको भन्दै रुख हटाउन मन्त्रीस्तरीय निर्णय चाहिने बताउनुभयो । सडक निर्माणमा त्रिपक्षीय रुपमा कमजोरी रहेको स्थानीयहरु बताउँछन् । हुलाकी सडक आयोजना, ठेकदार कम्पनी र सरकारको लापरबाहीका कारण अहिलेको अवस्था आएको उनीहरुका बुझाई छ । ठोरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठले फेसबुकमा पोष्ट गर्नुभएको सो फोटो सामाजिक सञ्जालमा भने ‘नेपालमा विकासको नयाँ मोडल’ भन्दै भाइरल भइरहेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार