सिंचाईको अभाव रहेका माडीका ५ स्थानमा ठूला सिंचाई आयोजनाहरु सञ्चालन हुने

468
SwadeshPost

१३ चैत्र, चितवन । सिंचाई सुबिधाको अभाव रहेका माडीका ५ स्थानमा १० इन्च बोरिङयुक्त ठूला सिंचाई आयोजनाहरु सञ्चालन हुने भएका छन् ।

यसका लागि संघीय सरकारको सिंचाई विभागले प्रति आयोजना ३/३ करोड रुपैंया बजेट विनियोजन गरेको छ । यसअन्तरगत माडी १ को चैनपुर, माडी २ को सितलपुर देवीस्थान, माडी ५ को ढुकुरबारी, माडी ६ को स्याउलीबास र माडी ७ को कीर्तनपुर देवीस्थानमा भूमिगत सिंचाई प्लान्टहरु स्थापना हुनेछन् । प्रत्येक आयोजनामा कृषकको खेतसम्म पानीको वितरण प्रणाली समेत निर्माण हुने योजना रहेको जनाइएको छ ।

गतबर्ष नै टेन्डर भई सम्झौता भइसकेका सो सिंचाई आयोजनाहरु आउँदो होली पर्व लगत्तै निर्माण सुरु हुने माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जानकारी दिनुभयो । गतबर्ष योजना स्वीकृति र अहिले त्यसको कार्यान्वयनका लागि विभागमा पटक पटक कुराकानी र भेटवार्ता गरिएको उहाँले बताउनुभयो । एउटा आयोजनाले कम्तीमा ५० बिगाहा क्षेत्रफलमा सिंचाई सेवा पु-याउने उहाँको भनाई छ ।

SwadeshPost