सोमेश्वरगढीमा पाटेबाघ र हरिणको समूहको मुर्ती र सेल्फी पार्क निर्माण हुँदै

830
SwadeshPost

१५ चैत, चितवन । देशकै प्रमुख १०० पर्यटकीय गन्तव्यस्थलमा सुचिकृत माडीको सोमेश्वरगढीमा पाटेबाघ र हरिणको समूहको मुर्ती निर्माण सुरु भएको छ ।

चर्चित मुर्तीकार दिनेश्वर महतो नेतृत्वको कलाकार टोलीले सोमेश्वरगढी नजिकै पानीको कुवा रहेको स्थानमा सिमेन्टेड मुर्तीहरु बनाउन सुरु गरेको हो । ‘लाइफ साइज’ भन्दा ठूलो आकारमा आक्रमणका लागि तयार अवस्थाको बाघको मुर्ती र भाग्दै गरेको मृगहरुको समूहको मुर्ती निर्माण थालिएको हो । मुर्तीका साथै सोमेश्वरगढीको प्रतिकात्मक ‘सेल्फी प्वाइन्ट’ समेत बनाउने योजना रहेको छ ।

मुर्ती र सेल्फी प्वाइन्ट बनाउन घरजग्गा व्यवसायी समेत रहनुभएका कलाकारहरु किरण के.सी. (रातामकै), सुरेन्द्र के.सी.(मुलाको साग) र राज के.सी.को समूहले करीब १२ लाख रुपैंया सहयोग गरेको छ । यसअघि सोमेश्वरगढीमा माडी नगर पर्यटन समिति र वागमती प्रदेश सरकारको सहयोगमा ‘स्ट्याचु गार्डेन’ निर्माण भएको थियो, जुन आन्तरिक पर्यटकहरुको गन्तव्यस्थलका रुपमा चर्चित छ ।

SwadeshPost