आउँदो रामनवमीको दिन माडीको अयोध्यापुरीमा रामसीताको मुर्ती स्थापना हुने

455
SwadeshPost

आउँदो बैशाख ८ गते रामनवमी पर्वको दिन माडीको अयोध्यापुरीमा भव्य रथयात्रा सहित रामसीताको मुर्ती स्थापना हुने भएको छ ।

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले माडीको बसन्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै रथयात्रासहित मुर्ती स्थापना गर्न र रामनवमी मेला आयोजनाका लागि सार्वजनिक आग्रह गर्नुभएको हो । माडीका नगरप्रमुख ठाकुर ढकाललाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले बैशाख ८ मा ‘सबैले देख्ने र महसुस गर्नेगरी’ योजना बनाउन अनुरोध गर्दै बजेटको व्यवस्था प्रदेश सरकारले गर्ने जनाउनुभयो ।

मुख्यमन्त्रीको आग्रहसंगै माडी नगरपालिकाले रामनवमी पर्व भव्यतापूर्वक मनाउन तयारी थालेको छ । यसका लागि भोलि (सोमबार) बिहान ८ बजे सर्वपक्षीय बैठक आह्वान गरिएको छ । यस अन्तरगत नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्व सांसद तीर्थराज भुसालको संयोजकत्वमा रामनवमी मेला समिति गठन गरी काम अगाडि बढाउने तयारी गरिएको नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिनुभयो ।

SwadeshPost