रामधाममा मुर्ती स्थापनाका लागि पूर्व साँसद भुसालको संयोजकत्वमा १०१ सदस्यीय समिति गठन

463
SwadeshPost

आउँदो बैशाख ८ गते रामनवमी पर्वका दिन माडीको अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको मुर्ती स्थापना कार्यक्रमका लागि पूर्व साँसद तीर्थराज भुसालको संयोजकत्वमा १०१ सदस्यीय मुल आयोजक समिति गठन भएको छ ।

त्यस्तै ३१ सदस्यीय सचिवालय र विभिन्न ८ वटा उप-समितिहरु च्यन भएका छन् । उप-समितिहरुमध्ये श्रीप्रसाद दवाडीको संयोजकत्वमा प्रचारप्रसार, युवा पण्डित सुदर्शन सुवेदीको संयोजकत्वमा पूजा व्यवस्थापन, प्रेमप्रसाद भण्डारीको संयोजकत्वमा भजन कीर्तन व्यवस्थापन, महदत्त काफ्लेको संयोजकत्वमा झाँकी व्यवस्थापन, बिमला भण्डारीको संयोजकत्वमा महिला परिचालन, मदन पौडेलको संयोजकत्वमा अतिथि व्यवस्थापन, जीत बहादुर शाहीको संयोजकत्वमा मञ्च व्यवस्थापन र मोहन बहादुर आलेको संयोजकत्वमा निर्माण व्यवस्थापन उप-समिति चयन भएको हो ।

प्रधानमन्त्री के.पी. ओलीबाट राजधानीमा तयार रहेका मुर्तीहरु देवघाट हुँदै बाजागाजा र रथसहित माडी ल्याई माडी-९ स्थित १०० बिगाहा क्षेत्रफलको कृष्णनगर चौरमा राखी प्राण प्रतिष्ठा गर्न लागिएको हो । मुर्तीहरु राख्नका लागि सो स्थानमा संरचना निर्माण सुरु भइसकेको र आउँदो बैशाख ६ गतेभित्र तयार भइसक्ने प्रचार प्रसार उप-समिति संयोजक दवाडीले जनाउनुभयो ।

SwadeshPost