माडी १ का वडाध्यक्ष कृष्ण पौडेल एक बिकलांग शिशुको जीवन बचाउ अभियानमा

401
SwadeshPost

माडी १ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले एक बिपन्न वडाबासी परिवारमा बिकलांग अवस्थामा जन्मेका शिशुको जीवन बचाउ अभियान सुरु गर्नुभएको छ ।

वडाध्यक्ष पौडेलले, माडी-१ सेरुवा निवासी अनिल महतो र आशा महतो दम्पत्तीबाट ४ दिनअघि जन्मेका विकलांग शिशुलाई शल्यक्रिया गरी बचाउने अभियान थाल्नुभएको हो । सो शिशुको पिसाब गर्ने अंग रहेपनि दिसा गर्ने अंग नरहेको र देब्रे खुट्टा पातलो रहेको अवस्थामा शल्यक्रिया गरी भरतपुर अस्पतालमा जन्म भएको थियो ।

जन्मेलगत्तै शिशुलाई शल्यक्रिया र थप उपचारका लागि अस्पतालले काठमाडौं रेफर गरेपनि आर्थिक अवस्था कमजोर रहेको कारण परिवारले घरमै फर्काएको थियो ।सो खबर बाहिरिएलगत्तै वडाध्यक्ष पौडेलले सामाजिक सञ्जालमार्फत शिशु बचाउने अभियान सुरु गर्नुभएको थियो । हाल शिशुको कान्ति बाल अस्पताल काठमाडौंमा शल्यक्रिया सुरु भइसकेको पनि उहाँले बताउनुभयो ।

SwadeshPost