आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

कृषि र कृषक पोष्ट

कृषकहरुलाई शुन्य प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्ने सम्झौता

  • A
  • A+
  • A++

चितवन । माडी नगरपालिका र कृषि विकास बैंक वागमती प्रदेश कार्यालयबिच कृषकहरुलाई शुन्य प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्ने सम्झौता भएको छ ।

विज्ञापन १

सम्झौता अनुसार बैंकले कृषकहरुलाई बिना धितो व्यक्तिगत रुपमा २ लाखसम्म, सामूहिक जमानीमा बिना धितो ५ लाखसम्म र धितो राख्दा परियोजनाको मुल्यांकनका आधारमा आवश्यकता अनुसार ऋण रकम शुन्य प्रतिशत व्याजदरमा उपलब्ध गराउनेछ । कृषकलाई निर्ब्याजी पुँजी उपलब्ध हुँदैगर्दा बैंकलाई व्याज अनुदान भने माडी नगरपालिकाले उपलब्ध गराउनेछ । सम्झौतामा नगरपालिकाको तर्फबाट नगरप्रमुख ठाकुर ढकाल र बैंकका तर्फबाट प्रदेश कार्यालय प्रमुख कृष्ण नकर्मीले हस्ताक्षर गर्नुभएको नगरपालिकाका कृषि शाखा प्रमुख किरण पौडेलले जानकारी दिनुभयो ।

विज्ञापन २

माडी नगरपालिकाले गौरवको योजनाका रुपमा अगाडि बढाएको सो परियोजनाको कार्यान्वयन आउँदो हप्ताबाट सुरु हुने जनाइएको छ । माडी नगरपालिकामा हस्ताक्षरित सो सम्झौताबाट कृषि एवं पशुपालनमा लाग्न चाहने बिपन्न कृषक, कृषक समूह एवं कृषि फर्महरुलाई महत्वपुर्ण सहयोग पुग्ने विश्वास लिएको नगरप्रमुख ढकालले बताउनुभयो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया