माडीको गोद्धक क्षेत्रमा लाग्दै आएको रामनवमी चैतेदशैं मेला कोरोनाका कारण यसबर्ष नहुने

347
SwadeshPost

३ बैशाख, चितवन । माडीको गोद्धक क्षेत्रमा लाग्दै आएको रामनवमी चैतेदशैं मेला यसबर्ष नहुने भएको छ । कोरोना भाइरसको संक्रमण दर बढेको भन्दै सरकारले मेला, महोत्सव र भीडभाड हुनेखालका कार्यक्रमहरु आयोजना नगर्न आह्वान गरेसंगै ऐतिहासिक तथा धार्मिक महत्वको गोद्धक मेला यसबर्ष पनि रोकिएको हो ।

मेला नलागेपनि परशुराम कुण्डमा स्नान गर्न र गोद्धक तथा पाँचपाण्डव मन्दिरमा पूजाआजा गर्न भने नरोकिएको माडी-१ का वडाध्यक्ष कृष्ण पौडेलले जनाउनुभयो । हालै परशुराम कुण्डसम्म जाने बाटो मर्मत गरिएको र बाटोको बिचमा सेनाको पोष्ट समेत स्थापित भएकाले कुण्डसम्मको यात्रा सहज र सुरक्षित रहेको वडाध्यक्ष पौडेलले बताउनुभयो ।

यसैबिच, चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने बिक्रम बाबा मेला समेत यस बर्ष नहुने भएको छ । कोरोना संक्रमणको जोखिम रहेकाले यस बर्ष बिक्रम बाबा मेला सञ्चालन नहुने चितवन राष्ट्रिय निकुञ्जले जनाएको हो । कोरोना संक्रमण रोक्न लकडाउन रहेकाले गतबर्ष पनि गोद्धक र बिक्रमबाबा मेला रोकिएको थियो ।

SwadeshPost