एमालेको नेपाल-खनाल समूहद्वारा माडीमा उत्साहजनक उपस्थितिमा बिस्तारित बैठक

468
SwadeshPost

४ बैशाख, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को माधव नेपाल झलनाथ खनाल बिचार समूहले माडीको बसन्तपुरमा उत्साहजनक उपस्थितिमा बिस्तारित बैठक सञ्चालन गरेको छ ।

“नेकपा एमालेको एकता, कम्युनिष्ट आन्दोलनको रक्षा” भन्ने नारासहित माडी क्याम्पसको सभाहलमा बिस्तारित बैठक सञ्चालन भएको हो । कार्यक्रममा माडीका विभिन्न गाउँहरुबाट उल्लेख्य संख्यामा एमालेका नेता कार्यकर्ताहरु सहभागी रहेका हुन् ।

एमाले वागमती प्रदेश सदस्य एवं माडी नगर अध्यक्ष नारदमणि पौडेलको अध्यक्षतामा सञ्चालित सो बिस्तारित बैठकमा प्रमुख अतिथिका रुपमा एमाले केन्द्रीय पोलिटब्युरो सदस्य डा. विजय पौडेलको सहभागिता रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै डा. पौडेलल ओली प्रवृत्तिका कारण कम्युनिष्ट आन्दोलन धरापमा परेकाले त्यसकोको रक्षा र पार्टी एकता जोगाउन सचेत रहन कार्यकर्ता र पार्टी पंक्तिलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा, एमाले केन्द्रीय सदस्य सुर्य शर्मा, जिल्ला सदस्य तथा माडी नगर इञ्चार्ज प्रेमराज तिमिल्सिना, जिल्ला सदस्यहरु रामजी सापकोटा, पुरन महतो, कमल रामदाम, नारायण पौडेल र चन्द्रा बानियाँ तथा ज्येष्ठ नागरिक मञ्चका चितवन जिल्ला सदस्यहरु तिलक थापा र भरत कुँवरको आतिथ्य रहेको थियो । नेता शोभाकान्त बस्यालले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमको सञ्चालन भने नेता शिवजी गायकले गर्नुभएको थियो l

SwadeshPost