माडीमा कोरोना संक्रमित एक युवकद्वारा झुण्डिएर देहत्याग

396
SwadeshPost

२३ बैशाख, चितवन । माडीमा, कोरोना संक्रमित एक युवकले गएराती झुण्डिएर देहत्याग गरेका छन् ।

माडी-३, इनारबरुवा गाउँ निवासी बर्ष ३२ का संक्रमित युवकले झुण्डिएर देहत्याग गरेका हुन् । करीब एक साताअघि भारत बिहारमा सम्पन्न बैवाहिक कार्यक्रममा सहभागी भई फर्किएका उनलाई परिवार र छिमेकीहरुले घरसंगैको गोठमा ‘आइसोलेशन’मा राखेका थिए ।

लगातार झाडापखाला लागेका उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । उनले गएराती झुण्डिएर देहत्याग गरेको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ । पि.पि.ई. र अन्य सुरक्षाको उपाय सहित घटनाको अनुसन्धान र शव व्यवस्थापन गर्न लागिएको प्रहरीले जनाएको छ ।

SwadeshPost