माडी गरक्षेत्रमा पछिल्ला पि.सि.आर. परीक्षणमा कोरोना पोजेटिभ आउने क्रम अत्यधिक बढी

बिहीबार भएका पि.सि.आर. परीक्षण मध्ये ६० प्रतिशत नमुनाहरुमा कोरोना भाइरस पोजेटिभ

186
SwadeshPost

२३ बैशाख, चितवन । माडी नगरक्षेत्रमा पछिल्ला दिनहरुमा पि.सि.आर. परीक्षण गरेकाहरुमा कोरोना पोजेटिभ आउने क्रम अत्यधिक बढेको छ ।

बिहीबार भएका पि.सि.आर. परीक्षण मध्ये ६० प्रतिशत नमुनाहरुमा कोरोना भाइरस पोजेटिभ देखिएको नगर जनस्वास्थ्य शाखाले जनाएको छ । त्यसअघि बुधबारसम्म यो आँकडा २४ प्रतिशत मात्रै रहेको थियो । नगर क्षेत्रभर ६० जनामा भएको स्वाब परीक्षणमा १४ जना र भरतपुरमा स्वाब परीक्षण गरिएकामा १३ जना गरी हाल माडीमा सक्रिय संक्रमितको संख्या २७ जना रहेको छ ।

कोरोनाको दोश्रो लहर सुरु भएपश्चात एकजनाका भरतपुर अस्पतालमा उपचारको क्रममा र एकजनाको माडीकै घरमा ‘आइसोलेशन’मा रहँदा देहत्याग गरी मृत्यु समेत भइसकेको छ । संक्रमण फैलावटको दर अति उच्च रहेपनि माडीमा निशेधाज्ञा पालनाको अवस्था भने कमजोर नै देखिएको छ । स्थानीयबासीहरु अझैपनि बिनाकाम र विनाकारण घरबाहिर निक्लने र भित्रभित्रै पसल व्यवसायहरु चलिरहेको नै देख्न सकिन्छ ।

SwadeshPost