माडी नगरपालिकाले अक्सिजनसहित ८ सैय्याको आइसोलेसन उपचार केन्द्र स्थापना

370
SwadeshPost

०३ जेठ, चितवन । माडी नगरपालिकाले अक्सिजनसहित ८ सैय्याको आइसोलेसन उपचार केन्द्र स्थापना गरेको छ । कोरोना संक्रमण बढेसंगै नगरपालिकाले साविकमा कृषि शाखा रहेको भवनमा फिवर टेस्ट क्लिनिक सहितको आईसोलेसन सेन्टर स्थापना गरेको हो । गत बैशाख २३ गते निर्माणकार्य सुरु भएकोमा १० दिनमै ८ बेडको आइसोलेशन तयार भएको हो । बघौंडा अस्पतालको मातहत रहेको सो आइसोलेशन सेन्टरमा हावामा रहेको अक्सिजनलाई तान्ने र प्रशोधन गरेर संकलन गर्ने ‘अक्सिजन कन्सन्ट्रेटर मेसिन’समेत जडान गरिएको अस्पतालले जनाएको छ ।

आइसोलेशनको स्थापना भएसंगै अस्पतालले कोभिड १९का बिरामीहरु भर्ना गरी उपचार सेवा सुरु गर्न लागेको छ । हालसम्म माडीका संक्रमितहरु घरमै होम आइसोलेशनमा रहेका र कसैमा स्वास्थ्यजन्य जटिलता देखिए भरतपुर पठाउने गरिएकोमा माडीमै सुबिधासम्म आइसोलेशन निर्माण भएसंगै आज सोमबारबाटै आधारभूत उपचार सेवा सुरु हुन लागेको हो ।

SwadeshPost