नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा चितवन जिल्ला इञ्जार्चमा माडीका सन्देश पौडेल चयन

284
SwadeshPost

०३ जेठ, चितवन । हालै खुला राजनीतिमा आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको चितवन जिल्ला इञ्जार्चमा माडीका युवा नेता सन्देश पौडेल चयन हुनुभएको छ ।

पार्टीनिकट सुत्रका अनुसार सो पार्टीको केन्द्रीय समितिको दशौं बैठकले नेता पौडेललाई चितवन जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको हो । त्यसैगरी उहाँलाई धादिङ, मकवानपुर, चितवनका केहि भागहरु मिलाई पार्टीले तोकेको छुट्टै विशेष जिल्लाको समेत इन्चार्जको जिम्मेवारी रहेको जनाइएको छ । यसअघि उहाँ सो पार्टीको जनकपुर ब्युरो इन्चार्जका रुपमा भूमिगत राजनीतिमा संलग्न रहनुभएको थियो ।

SwadeshPost