डेनिस संस्थाद्वारा माडीको आइसोलेशन सेन्टरलाई अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटरहरू प्रदान

626
SwadeshPost

चितवन । डेनमार्कका स्वयम्सेवीहरुको संस्था जे.वाई.एस.के. (भिलेज डेभलपमेन्ट इन नेपाल)ले माडीको आइसोलेशन सेन्टरका लागि १० वटा अक्सिजन सिलिण्डर र दुई थान अक्सिजन कन्सन्ट्रेटर मेसिन’ प्रदान गरेको छ ।

सो डेनिस संस्थाले माडीको स्थानीय साझेदार निकाय एकीकृत समावेशी दीगो विकास परियोजना, माडी-८, चितवन मार्फत आइसोलेशन सेन्टरलाई करीब ५ लाख ७० हजार हजार रुपैंया बराबरको सहयोग गरेको हो । सो रकमबाट १० वटा ठूला अक्सिजन सिलिण्डर, त्यसमा लाग्ने रेगुलेटर र अन्य सामग्रीहरु, वायुमण्डलबाट अक्सिजन संग्रह एवं प्रशोधन गर्ने २ वटा कन्सन्ट्रेटर मेसिन तथा अन्य मेडिकल सामग्रीहरु माडीका नगरप्रमुख ठाकुर ढकालमार्फत हस्तान्तरण गरिएको परियोजनाका सचिव गोविन्द पन्तले जानकारी दिनुभयो ।

यसपहिले सो संस्थाले माडीको अयोध्यापुरी स्वास्थ्य चौकी र बघौंडा अस्पतालका लागि एक/एक वटा डेनिस म्याटरनिटी बेड पठाईएको छ । त्यसैगरी माडी-८, दक्षिण अयोध्यापुरी र इन्द्रबस्ती गाउँमा शुद्ध खानेपानी वितरण एवं आयआर्जन, प्राङ्गारिक खेती, शिक्षा, स्वास्थ्य र पुस्तकालय लगायतका क्षेत्रमा काम गर्दै आएको छ । कोभिडको पहिलो लहरको समयमा समेत सो डेनिस संस्थाले माडी नगरपालिकालाई अत्यावश्यक मेडिकल सामग्रीहरु सहयोग गरेको थियो ।

SwadeshPost