माडीमा महसुल संकलन काउण्टर हप्ताकाे ३ दिन मात्रै खुला रहने

357
SwadeshPost

०५ जेठ, चितवन । नेपाल विद्युत प्राधिकरणको चनौली वितरण केन्द्रले माडीको बसन्तपुरस्थित महसुल संकलन काउण्टर आइतबार, मंगलबार र बिहीबार मात्रै खुला रहने जनाएको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणको प्रयासमा जिल्ला प्रशासन कार्यालय चितवनले निशेधाज्ञा लागु गर्दै हरेक आइतबार, मंगलबार र बिहीबारमात्रै बैंक खुला रहने निर्देशन जारी गरेको सन्दर्भमा विजुलीको महसुल संकलन समेत सोही दिनहरुमा गरिने वितरण केन्द्रले जनाएको हो । केन्द्रका प्रमुख ई. हिमांशु कुमार यादवले एक वक्तव्य प्रकाशित गर्दै अर्को व्यवस्था नहुँदासम्म हरेक आइतबार, मंगलबार र बिहीबार बिहान १० देखि १ बजेसम्म विद्युत महसुल भुक्तान गर्न सकिने जनाउनुभएको हो ।

अनलाइन माध्यमबाट भने जुनसुकै समयमा भुक्तान गर्न सकिने उहाँले बताउनुभयो । त्यसैगरी सो वितरण केन्द्रले निशेघाज्ञाको अवधीभर घरघरमा मिटर रिडिङ गर्न नसकिने अवस्था रहेकाले जारी जेष्ठ महिनाको मिटर अघिल्लो महिनाको खपत युनिट बराबरनै भुक्तान गर्न समेत अनुरोध गरेको छ ।

SwadeshPost