माडीको बाँदरझुलामा ज्वरो आउने र रुघा खोकीको समस्या

248
SwadeshPost

चितवन । सुदूरपूर्वी माडीको बाँदरझुला गाउँबासी अधिकांश परिवारमा ज्वरो आउने र रुघा खोकीको समस्या देखिएको छ ।सर्बत्र कोरोना भाइरसको संक्रमण बढिरहँदा माडी-९, बादँरझुलाबासीहरुमा कोभिड-१९ संग मिल्दो जुल्दो लक्षण देखिएको हो ।

माडी र ठोरी क्षेत्रमा कोरोना महामारीको स्थित भयावह हुने क्रममा रहँदा बादँरझुलाबासीहरुमा समेत मौसमी फ्लु प्रकारको रुघा खोकीको समस्या देखिएपछि समुदायमा त्रास फैलिएको स्थानीयबासी जगराम प्रजाले जानकारी दिनुभयो ।माडी नगरपालिकाले नगरमा कोरोना संक्रमितको संख्या सुन्यमा झार्ने लक्ष्य राखेपनि बाँदरझुलामा कोरोना परीक्षण तथा कोभिड नियन्त्रणजन्य कार्यक्रम सञ्चालन नगरेको स्थानीयबासीको गुनासो छ । आफै अस्पतालसम्म जानसक्ने अवस्था नरहेकाले कोरोना हो या मौसमी फ्लु, अन्योलमा परेको उनीहरु बताउँछन् ।

बाँदरझुलामा एकवटा स्वास्थ्य ईकाई रहेपनि त्यहाँका एक स्वास्थ्यकर्मी आफै कोभिड संक्रमित भई होम आइसोलेशनमा रहेका छन् । अन्य दुईजना स्वास्थ्यकर्मीहरुले स्थानीयलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने प्रयास गरिरहेका छन् ।

SwadeshPost