रोटरी क्लबहरुले बघौंडा अस्पताललाई पाँचवटा अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग

240
SwadeshPost

०७ जेठ, चितवन । नेपाल र बेलायतका तीनवटा रोटरी क्लबहरुले माडीको बघौंडा अस्पताललाई ठूला क्षमताका पाँचवटा अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोगस्वरुप प्रदान गरेको छ ।भरतपुरस्थित रोटरी क्लब अफ नारायणगढ र बेलायतको रोटरी क्लब अफ लिमाभाडी एवं रोटरी क्लब अफ लण्डन डेर्रीले २० वटा सिलिण्डरलाई पुग्ने क्षमतायुक्त पाँचथान अक्सिजन कन्सन्ट्रेटर मेसिनहरु सहयोगस्वरुप उपलब्ध गराएको हो ।

माडी क्षेत्रमा कोरोनाका बिरामीहरु बढ्दै गएको र माडीको बघौंडा अस्पतालले कोभिड १९का बिरामीहरुको उपचारका लागि छुट्टै आइसोलेशन एवं फिभर क्लिनिक सञ्चालन गरेको सन्दर्भमा सो सहयोग गरिएको नारायणगढ रोटरीका प्रतिनिधी ई. गुणेश्वर महतोले जानकारी दिनुभयो ।यसैबिच, ई. महतो सम्मिलित पहल नामको गैरनाफामूलक कम्पनीले माडी क्षेत्रमा रहेका ६ वटै एम्बुलेन्सका चालकहरुलाई पि.पि.ई. लगायतका सुरक्षा सामग्रीहरु समेत सहयोग गरेको छ ।

एम्बुलेन्स चालकहरुका लागि पि.पि.ई., साबुन, मास्क, स्यानिटाइजर, तुथपेस्ट, ब्रस, ग्लोब्स आदि सामग्रीहरु प्रदान गरिएको जनाइएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
SwadeshPost